समाचार

देउवालाई प्रकाशमानको प्रश्न- निर्वाचनमा जनतासामू के भनेर जाने ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका छन् ।

बुधबार सानेपामा जारी बैठकमा बोल्दै नेता सिंहले देउवा सरकार गठन भएको एक वर्ष भइसक्दा पनि कुनै देखिने र सुनिने काम नगरेको भन्दै आलोचना गरे । सिंहले भने, ‘सरकारले देखिने र सुनिने कुनै कार्यक्रम ल्याएन। मूल्यवृद्धि र जनजिविकाका अन्य सवालमा सरकारले ध्यानै दिएन ।’

‘निर्वाचन आउन लागिसक्यो। के भनेर जनतामा जाने हो ?’ उनले बैठकमा भने । कांग्रेस केन्द्रीय समितिमा अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *