काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले नेकपा (एमाले) का अध्यक्ष केपी ओली र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मिलेर देशलाई श्रीलंका बनाउन खोजेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै एमाले अध्यक्ष र राष्ट्र बैंकका गभर्नरलाई लक्षित गर्दै बा र छोरा जस्तै रहेको बताए ।
उनले व्यंग्य गर्दै भने, ‘एक जना बार्दलीबाट यो देशलाई श्रीलंका बनाइदिऊँ भन्ने, अर्को ढुकुटीमाथि बसेर । यी दुई जनामा नाता पर्छ कि जस्तो मलाई पहिल्यै लाग्या थियो । नभन्दै बाबु-छोरा जस्तै रहेछन् ।’ उनले गभर्नरलाई हनुमानको संज्ञा दिँदै अहिले श्रीलंका जलेको जस्तै नेपाल जलाउन बेर नलाग्ने बताए ।




