समाचार

सरकारका काममा असन्तुष्टि जनाउनुपर्ने कारण छैन : काँग्रेस प्रवक्ता

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले पाँच दलीय गठबन्धन सरकारका एक वर्षका कामकारबाही सन्तोषजनक भएको बताएका छन् । उनले सरकारको काममा असन्तुष्टि जनाउनुपर्ने कारण नभएको बताए ।

केन्द्रीय कार्यसमितिको बैठकमा काँग्रेसकै नेता कार्यकर्ताले गठबन्धन सरकारका कामकारबाहीबारे प्रश्न उठाइरहेका छन् । प्रवक्ता महतले भने सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताए ।

यो सरकारले कोभिड-१९ महामारीको व्यवस्थापन गर्‍यो, वैदेशिक नीतिको अन्योलता हटेको छ, उनले भने, ‘यो सरकार बनेपछि भ्रष्टाचार रोकिएको छ । यो गठबन्धनको सरकार हो जनताका सबै खाले अपेक्षाहरु पूरा नहुन सक्छन् । तैपनि सरकारका काम र उपलब्धि सन्तोषजनक छन् ।’

प्रवक्ता महतले देउवा नेतृत्वको सरकारले एमसीसीमा रहेको अन्योलता हटाउने काम गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *