राजनीति

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

केहिबेर अघिबाट सुरु भएकाे बैठकमा हालै काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्यूरो र स्थायी समितिलाई पूर्णता दिने, पदाधिकारीको चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ ।

आजको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *