धनगढी । धनगढी उपमहानगरको ८औं नगर सभाको तेस्रो बैठकमा तनाव सृजना भएको छ । सभामा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहबिना नै बजेट पुस्तिका प्रकाशित गरिएको बताएपछि विवाद सृजना भएको हो ।
उपमेयर रानाले मेयर गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरूपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका [रातो किताब] प्रकाशित गरेको बताएकी थिइन् । यस्तै कर्मचारीले पनि आफूलाई हेप्ने गरेको उपमेयर रानाको गुनासो छ।
रानाले नगरसभा नचल्न दिने चेतावनी दिएपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरूले कुर्सी फालाफाल गरेका छन् ।
कांग्रेस पक्षले भने मेयर बजेट पुस्तिकामा समर्थन जनाएको छ ।




