समाचार

माओवादीको केन्द्रिय समिति बैठक जारी, खुला छलफलमा बोल्न प्रचण्डले दिए २ मिनेटको समय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रिय समिति बैठक बसिरहेको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा केहीसमय अघिबाट सुरु भएको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पोटिङ जारी रहने कार्यसूची छ ।

त्यसक्रममा अध्यक्ष प्रचण्डले आफूले प्रस्तुत गरेको प्रतिवेदनमाथि लागेका धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिएका छन् । आइतबार प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए । सोही आधारमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *