समाचार

चन्दलाई छाड्ने पुन माओवादी केन्द्रिय सदस्यमा मनाेनीत

काठमाडाै‌ँ । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर माअ‌ाेवादीमा आएका ओमप्रकाश पुनलाई केन्द्रिय सदस्य बनाएको छ ।

आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले चन्द नेतृत्वकाे नेकपा परित्याग गरेर भर्खरै माअ‍ाेवादी प्रवेश गरेका पुनलाई केन्द्रिय सदस्य बनाएको हाे । सोसँगै माओवादी केन्द्रिय समिति सदस्यको संख्या ३ सय ७३ पुगेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पाेटिङ जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *