पाँचथर । लगातारको भारी वर्षाका कारण माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा-७ मा तीन जना बेपत्ता भएका छन् ।
शुक्रबार राति १० बजेतिर बिहिदिन बजार नजिकैको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् ।
दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेको पनि न्यौपानेले जानकारी दिए ।




