काठमाडौं । आफ्नै विद्यालयमा अध्ययनरत बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेत जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बस्नेतलाई जेठ २१ गते रामेछापबाट पक्राउ गरेको थियो ।
बस्नेतले होस्टलमा बस्ने बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।




