समाचार

निलम्बित एमाले सांसद खातुनद्वारा राजीनामा

काठमाडौँ । सरकारी दस्तखत कीर्ते मुद्दामा पक्राउ परी निलम्बन भएकी प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएकी छन् ।

नेकपा एमालेकी समानुपातिक संसद खातुनले हिजो (बुधबार) दिएको राजीनामा आज (बिहीबार) सभामुख प्रदीपकुमार भण्डारीले स्वीकृत गरेका छन् ।

प्रदेशसभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

उनलाई सरकारी सहीछाप कीर्तेको आरोप लागेको थियो । फरार रहेकी खातुन अहिले प्रहरी थुनामा छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *