काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदले पारित गरेका दुई विधेयक प्रमाणित गरेका छन् ।
सभामुख सापकोटाले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ र बिउ बिजन (दोस्रो संशोधन)ं विधेयक, २०७६ प्रमाणित गरेका हुन् ।
सभामुखले विधेयक प्रमाणित गरेर राष्ट्रपति समक्ष पठाउनुपर्ने कानूनी व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि विधेयकले कानुनी रुप लिने छ ।




