काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री नियुक्त भएकाहरुको सपथ भोलि हुने भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको हो ।
आइतबार साँझ प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि आजै सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिएका थिए ।




