राजनीति

माओवादीको केन्द्रीय समिति बैठक बैठक किन निरन्तर स्थगित हुदैँछ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फेरि सर्ने भएको छ । यस अघि माओवादी केन्द्रको बैठक असार २५ गतेका लागि मिति तोकिएको थियो । असार २५ गतैका दिन धान दिवस भएकाले सबैलाई असर पर्ने भन्दै बैठक सार्न लागि माओवादीका एक नेताले बताए ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बैठक सार्ने भन्ने वारे केहि हल्ला भएपपनि कुनै ठोस निर्णय आएको छैन् ।

यसअघि स्थानीय चुनव समाप्तलगतै बैठक बस्ने भनेर जेष्ठ २० गतेका लागि समय सिमा तोकिएको थियो ।

माओवादी केन्द्रले गएको पौष महिनमा महाधिवेशन सकेर पनि अहिलेसम्म अझै सक्रिय बन्न सकेको छैन् । स्थानीय निर्वाचन पूर्व पनि अमेरिकी परियोजना एमसीसीका कारण माओवादीले बैठकलाई पूर्णता दिन सकेको छैन । एमसीसीका विषयमा पार्टीभित्र चुलीएको विवादका कारणले गर्दा अहिले सम्म पटक– पटक बैठकको समय सिमा सारिँदै आएको छ ।

पार्टीभित्रको आन्तरिक द्धोन्दका कारण पार्टीभित्र असन्तुलनका कारण नै बैठकको समय सर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *