समाचार

अडियोबारे बोले न्यायाधीश कोइराला, ‘छानबिन होस्’

काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो काण्डमा मुछिएका काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले घटनाबारे मुख खोलेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नाबारेमा आएका समाचारप्रति ध्यानाकर्षणसमेत भएको बताएका छन् । उनले घटनाबारे आफूमाथि न्याय परिषद्बाट छानबीन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘म बारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ ।म बाट कुनै अनुचित कार्य भएको छैन ।बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु । म माथि न्याय परिषदबाट छानबीन होस् तथा सहयोग गर्ने पुर्ण प्रतिबद्धता वयक्त गर्दछु ।’ कोइरालाले फेसबुकमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *