राजनीति

बलरा नगरकार्यपालिकाकाे सदस्यमा माओवादी-कांग्रेस गठबन्धन विजयी

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाको नगरकार्यपालिका सदस्य निर्वाचनमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न मतदानकाे प्राप्त अन्तिमजानकारी अनुसार नगरकार्यपालिका सदस्यमा माओवादी केन्द्रका ४ सदस्य र कांग्रेसका ४ सदस्य निर्वाचित भएका हुन् । महिला सदस्य उम्मेदवारमा माओवादी केन्द्रका तर्फबाट भागिया देवी पासवान र जयकली देवी पासवान निर्वाचित भएकी छन् भने दलित तथा अल्पसंख्यक सदस्यमा अजादकुमार सिंह र विरेन्द्र साह चुनिएका छन् ।

त्यस्तै, कांग्रेसका तर्फबाट बालकेसी देवी पासवान, शुसिला देवी पासवान र प्रमिला देवी पासवान सदस्यमा विजयी भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकै कौशल किशोर सिंह निर्वाचित भएका छन् । निर्वाचनमा ५७ मत खसेको थियो ।

सो नगरकार्यपालिका सदस्य निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन गर्ने सहमति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *