स्थानीय तह निर्वाचन-२०७९

कञ्चनपुर शुक्लाफाँटाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसका कल्पनाकुमारी जोशी निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार महरा ६ हजार ७ सय ७३ मत ल्याई मेयरमा विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार चिन्तामणि भट्टले ६ हजार २ सय ६४ मत ल्याएका छन् ।

यस्तै, शुक्लाफाँटाको उपमेयरमा कांग्रेसका उम्मेदवार कल्पनाकुमारी जोशी ६ हजार ५ सय १९ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार माधवप्रसाद पन्तले ५ हजार ३ सय ६० मत ल्याएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *