काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार साम्पाङले हालसम्म ११ हजार ३३९ मत पाएका छन्। जुन साम्पाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका किशोर राईभन्दा १५ सय ९ मत बढी हो । गठबन्धनका उम्मेदवार राईले ९ हजार ८३० मत प्राप्त गरेका छन्। यस्तै, नेकपा एमालेकी मन्जु पौडेल ८ हजार ३७१ मतसहित तेस्रो स्थानमा छिन् ।
लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका साम्पाङले लगातार मतान्तर बढाउँदै लगेका छन् । यसअघि साम्पाङ र राईबीच २७० मतको मतान्तर थियो ।
उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार ४२१ मतसहित अग्रतालाई कायम राखेका छन् ।




