समाचार

एमालेले भन्याे- बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल नगराैँ

काठमाडाैँ । बिहीबारकाे प्रतिनिधि सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल भइरहेकाे छ । तर, आजकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्मा भने उपस्थित छैनन् । यसपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यसकाे विराेध गरेकाे छ । बैठककाे शुरूमै एमालेकाे प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीकाे अनुपस्थितिमा बजेटकाे सिद्धान्त तथा प्राथमिकताबारे छलफल गर्नुकाे तुक नभएकाे बताए ।

उनले सरकारका अन्य मन्त्री तथा नेताहरूले पनि छलफलमा उठेका कुराहरूबारे टिपाेट गरेकाे नदेखिएकाे उल्लेख गर्दै भने, ‘बजेटका सिद्धान्त तथा प्राथमिकताबारे छलफल गरिरहँदा माननीय अर्थमन्त्रीजी उपस्थित हुनुभएकाे देखिँदैन । यसाे हाउभाउ हेराैँ न त भन्दाखेरि कापी-कलम लिएर अरु नै काेही मन्त्रीजीहरूले पनि टिपाेट गरेकाे देखिँदैन । कतै बसेर टिपाेट गर्नै हुनुहुन्छ कि; नभए उहाँकाे अनुपस्थितिमा यसबारे के आधारमा छलफल गर्ने ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *