स्थानीय तह निर्वाचन-२०७९

भरतपुरमा रेनु अघि बढेको बढ्यै, सुवेदी पछिपछि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

पछिल्लोपटक सार्वजनिक मत परिणाम अनुसार सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनुले १५ हजार १३४ मत पाएकी छन् । जुन नेकपा एमालेबाट प्रमुखमा उठेका विजय सुवेदीको भन्दा २ हजार ३ सय मत बढी हो । सुवेदीले १२ हजार ७७७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५३५ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले ९ हजार ७३२ मत प्राप्त गरेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *