स्थानीय तह निर्वाचन-२०७९

काभ्रेको चौंरीदेउरालीको अध्यक्षमा माओवादी केन्द्रकी रेणुका निर्वाचित

काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) की रेणुका चौलागाईं निर्वाचित भएकी छन् । उनले ६,२२८ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितराम लामाले ५,४६३ मत ल्याएका छन् । उपाध्यक्षमा भने कांग्रेसका शेरबहादुर लामा ६,२१९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी वविता खरेलले ३,५४९ मत ल्याइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *