स्थानीय तह निर्वाचन-२०७९

जसपालाई हराउँदै हनुमाननगर कंकालिनीमा सिके राउतको पार्टी विजयी

सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे । हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको पहिलो खाता खोलेको हो । उपमेइरको नतिजा भने यो समाचार लेख्दासम्म आइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *