स्थानीय तह निर्वाचन-२०७९

पोखराको मेयरमा गठबन्धनका आचार्य साढे १८ सय मतले अगाडि

पोखरा । पोखरामा गठबन्धनले अग्रता करिव २ हजार पुर्‍याउन लागेको छ । मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ ।

मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् । कोपीलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ ।

हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *