स्थानीय तह निर्वाचन-२०७९

चाँगुनारायण नगरको मेयरमा कांग्रेसका खत्री विजयी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् ।

यसअघि नेकपा एमालेले जितेकाे यो नगरपालिकामा यसपटक कांग्रेसले मेयर हात पारेको हो । निकतम प्रतिद्वन्दी एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।

उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *