समाचार

मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस


 काठमाडौं। मुगुको छायाँनाथ रारा नगरपालिकामा  मेयर र उपमेयर  दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका वडा नं ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् । 

मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले ३ हजार ८ सय ६० मत ल्याएका छन् । विजयी भामले एमालेका रावललाई ७ सय ३९ मतान्तरले फरक पारेका  छन् । 

उपमेयर  ऐश्वर्य मल्लले  ४ हजार ३ सय २५ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले  ३ हजार ७ सय १७ मत प्राप्त गरेकी छिन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *