समाचार

तमानखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका बुढा विजयी

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै बुढा दोस्राे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए ।

बुढाले दुई हजार सात सय सात मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले एक हजार नाै सय ९५ मत पाए । एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै हिराकुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादीकी इशु रसाइलीले एक हजार नाै सय ५८ मत पाएकी छन् ।

तमानखोलाको वडा भने दुई दलले आधा आधा जितेका छन् । १, २ र ४ मा माओवादी तथा ३, ५ र ६ मा कांग्रेस विजयी भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *