समाचार

कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन: मतदान

काठमाडौं । जुम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुन: मतदान सुरू भएको छ । गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियाे ।

फेरी झडपकाे स्थिति नहाेस् भनेर मतदान स्थलमा सुरक्षाकर्मीकाे उपस्थिति बाक्लाे पारिएकाे छ । यहाँ झण्डै एक मतदाता एक सुरक्षाकर्मीकाे अवस्था छ । 

 प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी बल ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द सहितको टिम मतदान स्थलमा पुगेकाे छ ।  

निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिलेसम्म एक सय ८८ मत खसिसकेको छ । 

आजकाे निर्वाचन भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए । एक हजार सात मतदाता रहेकाे यस केन्द्रमा ३० वैशाखमा तीन सय २० मत खसिसकेपछि स्थगित भएकाे थियाे । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *