समाचार

गौशाला नगरपालिका मतदान स्थगित

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र  फेला परेपछी विवाद चर्किएको हो । 

जसका कारण करिव एक घण्टादेखि  मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुन: सुरू गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *