समाचार

मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसे प्रहरी नियन्त्रणमा

बागलुङ । बागलुङको गल्कोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बेलुका ९ः३० बजे गलकोट नगरपालिका-९ बीरकोटमा स्थानीयलाई प्रभावित पार्न खोजेको खबर पाएपछि पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

गठबन्धन दलका केहीले उनी चढेको ट्याक्सी रोकेर हातपात गर्न खोजेपछि प्रहरीले प्रहरी कार्यालय पुर्‍याएको इन्स्पेक्टर डेकेन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटना हुन नदिन प्रहरी कार्यालय लगिएको हो । प्रहरी कार्यालयमा सोधपुछ गर्दा उनको साथबाट ८ हजार नगद फेला परेको छ । पैसा भेटिएपछि आचारसंहिता उल्लंघन भएको हो होइन यकिन गर्न नगर निर्वाचन कार्यालयलाई जानकारी गराइको बताए ।

‘स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाइ बेलुका प्रहरी चौकी ल्याइएको हो’, इन्स्पेटर रेग्मीले भने, उहाँको साथमा ८ हजार नगद भेटिएको छ, आचारसंहिता उल्लंघन भए/नभएको छानबिनका लागि नगर निर्वाचन कार्यालयमा अहिले छलफलका लागि उपस्थित गराइएको छ । ‘मौन अवधिमा उहाँ एक्लै हिंडेको पायौं, झडपमा २/३ जनालाई कुटपिट भएको पनि भन्नु भएको छ तर उजुरी परेको छैन’, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *