समाचार

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

जेठ १५ गते संसदमा बजेट पेश गर्नैपर्ने संवैधानिक बाध्यता छ । त्यसअघि पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *