काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरमा महिला नेतृ सिर्जना सिंहले राम्रो नेतृत्व दिने विश्वास गरेका छन् ।
गठबन्धनले शुक्रबार शान्तिबाटीकामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता केसीले काठमाडौँ महानगरमा सिंहको जितले देश र देश बाहिर राम्रो संदेश दिने बताएका हुन् ।
नेता केसीले काठमाडौँ महानगर मुलुककै महत्वपूर्ण ठाउ भएकाले यहाँको मेयर पदका लागि सिर्जना सिंहलाई जिताउनु पर्ने बताए । महिला नेतृ सिर्जना सिंहले काठमाडौँ महानगरको राम्रो नेतृत्व गर्ने विश्वास गरे । नेता केसीले अहिले जनमोर्चामाथि काँग्रेससँग मिलेर गएको आरोप लगाएको बताउदै गठबन्धन गर्नुपर्छ भनेर पहिला आफुले आवाज उठाएको बताए ।
प्राप्त उपलब्धिहरु गुम्ने खतरा भएकोले अक़फ्नो पार्टीले गठबन्धनमा सामेल भएको स्पष्ट गर्दै प्रतिगमनको विरोधमा उत्रिएको नेता केसीले जिकिर गरे ।
स्थानीय तहको चुनाव हुने निश्चित भएको बताउदै यसअघि चुनाव हुदैनकी भन्ने आशंका अब मेटिएको नेता केसी बताए । उनले भने- निर्वाचन आयोगले पनि दृढता देखायो, पाँच दलीय गठबन्धनले पनि चुनाव समयमा हुनुपर्छ भन्ने अठोट गरेको छ । सबैलाई धन्यवाद छ ।’




