राजनीति

एमालेका मेयर उम्मेदवार सहकारी ठगीका दोषी

काठमाडौँ । टोखा नगरपालिकाका लागि नेकपा एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी सहकारी ठगीमा दोषी ठहर भएको पाइएको छ ।

उच्च अदालत पाटनले सहकारीको नाममा २ सय २ जनालाई ठगी गरेको अभियोगमा २०७५ फागुन १९ दोषी ठहर गरेको पाइएको हो ।

नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को अपरेटिभ प्रालीमार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै उनलाई अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउन फैसला गरेको थियो ।

टोखाका निवर्तमान मेयरसमेत रहेका उनले उच्च अदालतको फैसलाको विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन गएका छन् । उनको पुनरावेदन विचाराधिन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *