समाचार

राप्रपाबाट उम्मेदवारी दिने कांग्रेसका दुई निवर्तमान वडाध्यक्षको सदस्यता खारेज

सुनसरी । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अर्को पार्टीबाट उठ्ने दुई जनाको साधारण सदस्यता समेत खारेज गरेको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को दफा ३४ (१) अनुसार कारबाही गरी उनीहरुको साधारण सदस्यता समेत खारेज गरिएको हो । राप्रपाबाट वडा अध्यक्ष उम्मेदवार बनेका धरान-१ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडा अध्यक्ष उम्मेदवार बनेका धरान-१४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराईलाई कारबाही गरिएको कांग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले जानकारी दिएका छन् ।

उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति तथा पार्टीको विधान, नियमावलीविपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कारण अनुशासनको कारबाही गरिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *