समाचार

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले छाडे पार्टी

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी छाडेका छन् । पौडेलले साधारण सदस्य समेत नरहने गरी बुधबार अध्यक्ष कमल थापासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

उनी राप्रपा नेपालको आर्थिक विभाग प्रमुखको पनि थिए । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि कमल थापाले आफ्नो पुरानै पार्टी राप्रपा नेपाल पुनःगठन गरेका हुन् । थापाले चाबहिल निवासी पौडेललाई गत फागुनमा पार्टीको उपाध्यक्ष पदमा मनोनयन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *