विराटनगर। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार मेयर पदबाट राजीनामा दिएका हुन् ।
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पराजुलीले नैतिकताका आधारमा राजीनामा दिएको बताए । स्थानीय तह निर्वाचनमा उनी मेयरको आकाक्षी थिए । तर नेपाली काङ्ग्रेसले नागेश कोइरालालाई टिकट दिएपछि असन्तुष्ट बने ।
उनले आजैबाट पार्टीलाई चुनावी अभियानमा सहयाेग गर्ने बताएका छन् ।





