नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं १३ मा नेपाली काँग्रेसको तर्फबाट नवराज पाण्डेले वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
लामो छलफलपछि वडाध्यक्षको टिकट पाएका पाण्डेले आफ्नो प्यालनसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
वडाध्यक्षका उम्मेदवार पाण्डेले गाउँका समाज सेवामा चर्चित मानिन्छन् । आफूले बेलकोटगढी नगरपालिकाका १३ वटा वडामध्ये नमुना वडा बनाउने योजनासहित उम्मदेवारी दर्ता गरेको बताए ।
त्यसैगरी बेलकोटगढी नगरपालिकामा भने माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ । मेयरमा माओवादी केन्द्रबाट जगत बहादुर लामा र उपमेयरमा कांग्रेबाट शिव दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।




