काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय संसदीय बोर्ड गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । बोर्डमा १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।
महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्न नसकेपछि बोर्ड गठन गरिएको एक शिर्ष नेताले जानकारी दिए ।




