काठमाडाैँ । भक्तपुरमा सत्ता गठबन्धनसम्बद्ध दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएकाे छ । आइतबार कांग्रेस बाग्मती प्रदेशसभापति ईन्द्रबहादुर बानियाँ, माओवादी अध्यक्ष सरल सहयात्री र एकीकृत समाजवादी अध्यक्ष केदारप्रसाद नेउपानेबीच सहमति बनेकाे हाे ।
बनेकाे सहमतिअनुसार भक्तपुर नगरपालिकाकाे मेयर पद नेपाली कांग्रेसले पाउने भएकाे छ भने उपमेयर एकीकृत समाजवादीले लिएकाे छ । मध्यपुर थिमी नगरपालिका पनि कांग्रेसले नै लिने भएकाे छ भने उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिने भएकाे छ । यस्तै सूर्यविनायक नगरपालिकाकाे मेयर र उपमेयर क्रमश: कांग्रेस र एकीकृत समाजवादीले लिने भएका छन् ।
चाँगुनारायण नगरपालिकामा भने सहमति हुन बाँकी रहेकाे छ ।





