काठमाडौं । राजेन्द्र लिङ्देनको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराउँदैछ । प्रवक्ता मोहन श्रेष्ठले महानगरपालिकाको हकमा सोमबार र कतिपय स्थानीय तहमा आइतबार नै उम्मेदवारी दर्ता हुने जनाए ।
हालसम्म राप्रपाले ४ वटा महानगरपालिकाको उम्मेदवार टुंगिएको छ भने बाँकी महानगरपालिका तथा स्थानीय तहको उम्मेदवार टुंगो लगाउने क्रम रहेको राप्रपाले जनाएको छ ।
राप्रपाले अहिलेसम्म काठमाडौं महानगरको मेयरमा मदनदास श्रेष्ठ, उपमेयर विनिता मगैया, ललितपुर महानगरको मेयरमा अष्ट महर्जन, उपमेयर स्वर्णिमा शाक्य, पोखरा महानगरमा शंकर खराल र उपप्रमुखमा रञ्जु सेन तय गरिसकेको छ ।
यस्तै, वीरगंज महानगरमा गिरिश गिरी, उपमेयरमा बिना जयसवाल, बुटवल उपमहानगरमा मृगेन्द्र शेरचन, शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा जितबहादुर भण्डारी र उपप्रमुखमा लक्ष्मी चन्दको नाम टुंगो लगाएको छ ।
यस्तै, बिर्तामोडको प्रमुखमा ध्रुव उप्रेती, उपप्रमुखमा रञ्जु प्याकुरेल, सिद्धार्थनगरमा सागर प्रताप राणा, देवदहमा माधव रिमाल, तिलोत्तमामा भुवन खनाल र सैनामैनामा मीनप्रसाद घिमिरेको नाम तय गरेको छ ।
यस्तै, तानसेन नगर प्रमुखमा सुदीप रेग्मी र उप प्रमुखमा बिर्जु खाती, दमकमा राम थापा, गौरादहमा गोपाल पौड्याल, उपमेयरमा भरिपूर्ण राई, जिरीको मेयरमा किरण खड्का, उपमेयरमा श्रृष्टि न्यौपानेको नाम टुंगो लागेको छ ।
यता ललितपुरको गोदावरीमा मेयरमा राजकुमार महर्जन, उपमेयरमा रञ्जिता श्रेष्ठ खत्री, झापाको कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल, र उपमेयरमा सबिना बजगाइँको नाम टुंगो लगाइसकेको् छ ।
झापाकै बाह्रदशीमा रामकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की, हल्दीबारीको प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनाली, कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुखमा गजेन्द्र चन्द, उपमेयरमा हेलेन श्रेष्ठको नाम राप्रपाले टुंगो लागेको छ ।
यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा अभिषेक जोशी, दार्चुलाको गोकुलेश्वर नगरपालिकाको प्रमुखमा रामानन्द सरस्वती, बर्दियाको मधुवन नगर प्रमुखमा गिरिराज पुरुष, तनहुँको व्यास नगरको प्रमुखमा दौलत अधिकारी, भानु नगर प्रमुखमा शेरजंग अधिकारी, भीमादमा विष्णु भक्त खनाल, शुक्लागण्डकीमा विष्णु थापा मगर र बाराको निजगढमा मेयरमा सावित्री देवी भारती, उपमेयरमा वासुदेव तिमल्सिनाको नाम टुंगो लगाएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाको मेयर पदमा मुन शाह र उपमेयरमा जीवन पंगेनी, पुतली बजारमा तुलसिंह ठकुरी, गोरखा नगरपालिकाको प्रमुखमा रुद्रराज पाण्डे र उपप्रमुखमा सम्झना लामिछाने, काठमाडौंको बुढानिलकण्ठ नगर प्रमुखमा निनादेवी भेटवाल, कोहलपुर नगरको प्रमुखमा प्रदीप शाह र उपप्रमुखमा सावित्रा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विराटनगरमा पार्टीका महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार तय गरेको छ भने भरतपुरमा उपमेयर लिएर एमालेसँग तालमेलको तयारी गरेको छ ।




