काठमाडौं । मधेश प्रदेशका एक जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले नगरपालिकाको मेयर उम्मेदवार बन्न राजीनामा दिएका हुन् ।
स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए ।
उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।
उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।




