काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री देउवासँगै अन्य चार जना मन्त्री पनि भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महिन्द्र राय यादव देउवासँगै भारत भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँग भेटघाटपछि प्रधानमन्त्री देउवा वनारस जाने कार्यक्रम तय भएको यसअघि नै भारतीय विदेश मन्त्रालयले जनाइसकेको छ ।




