समाचार

युक्रेनबाट उद्धार गरिएका चार नेपाली स्वदेश आइपुगे

काठमाडौं ।युद्धग्रस्त क्षेत्र युक्रेनबाट चारजना नेपाली स्वदेश फर्किएका छन्। उनीहरू भारत हुँदै शनिवार दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ।

उनीहरू भारतको सहयोगमा उद्धार गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भारतले ‘अपरेशन गंगा’ नाम दिएर युक्रेनमा रहेका नागरिकको उद्धार गरिरहेको छ। सोही क्रममा नेपाली नागरिकको पनि उद्धार गरिएको छ।

नेपाली नागरिक उद्धार गरिदिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *