समाचार

व्याख्यात्मक टिप्पणीले एमसीसीलाई संशोधन गर्न सक्दैन- डा. मिनेन्द्र रिजाल

काठमाडौँ । नेपाली कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले व्याख्यात्मक टिप्पणीले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभामा एमसीसीमाथि भएको छलफलमा भाग लिँदै डा. रिजालले यो सम्झौतामा व्याख्यात्मक टिप्पणी कसै कसैको जुँगा तल गर्न नमिलेर आएको बताउदै यसले एमसीसी सम्झौतामा कुनै किसिमको परिवर्तन नहुने बताए ।

उनले भने- ‘यो सम्झौतामा व्याख्यात्मक टिप्पणी कसै कसैको जुँगा तल गर्न मिलेन । त्यसैले व्याख्यात्मक टिप्पणी आएको हो ।’

डा. रिजालले अमेरिकाको एमसीसीमात्रै नभएर चीनको बिआरआइबाट पनि सहयोग लिएर देशको विकास गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *