काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
खुमलटारस्थित प्रचण्ड निवासमा शुक्रबार भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।
एमसीसीको विषयमा विवाद बढेपछि केहिदिन अघि नेता गौतमले अमेरिकालाई एमसीसी फिर्ता लैजान अनुरोध गरेका थिए । त्यस्तै प्रचण्डले पनि आफुहरु एमसीसीको विरोधमा रहेको बताउदै आएपनि अहिले गठबन्धन तोडिने भएपछि एमसीसी अनुमोदन गर्ने उपायमा छलफल गरिरहेका छन् ।




