काठमाडौं । मदिरा व्यापारी ग्रीनलाइनका सञ्चालक ओमप्रकाश अग्रवाल काठमाडौं आइपुगेका छन् ।
हिजो मात्रै अग्रवालकी छोरी रजनी अग्रवालले आफ्नो बुबा सम्पर्कमा आएको भनेर प्रहरीमा सूचना दिएकी थिइन् । महानगरीय प्रहरी वृत मालिगाउँ प्रमुख मीनबहादुर कुँवरले अग्रवाल परिवार काठमाडौं आएको जानकारी आएको बताए । उनले भने, ‘रजनीले बुबा काठमाडौं आएपुगेको जानकारी दिइन् ।’
ग्रीनलाइनले तारे होटल, रेष्टुरेन्टमा महँगा ब्राण्डका विदेशी मदिरा बिक्री गर्दै आएको थियो । ग्रीनलाइन ठूला करदाताको सूचीमा समेत छ ।उनी पुस २२ देखि सम्पर्कविहीन थिए ।




