काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नक्कली पिसिआर रिपोर्ट बनाउने काममा संलग्न नागरिक कम्युनिटी अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेका हुन् ।
त्यस्तै कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।




