समाचार

अस्ट्रेलियाको ब्रिसबेननजिकै समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्ह्वा । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।    


 क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ ।  “विमान मङ्ग्रोभ पछाडि हराएको थियो।    


 चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो ।    
 क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेका छन् । विमानको गोताखोरहरू पठाइएको छ ।    


 घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याटरिना क्यारोलले भनिन्, “विमान सिमसार क्षेत्रमा निकै कठिन अवस्थामा छ र अहिले त्यस क्षेत्रमा प्रहरी र गोताखोरहरू परिचालन गरिएका छन् ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *