राजनीति

काँग्रेस उपसभापतिको मतगणना हुदै

काठमाडौँ । नेपाली काँग्रेसको आज उपसभापति पदको मतगणना हुने भएको छ ।

निर्वाचन समितिका अनुसार आज अपराहन्न ४ बजेदेखि उपसभापतिको मतगणना हुने भएको हो ।

सोमबार सम्पन्न निर्वाचनमा सभापति पदको दुई-पटक निर्वाचन गरेर टुंगो लगाएपछि अब उपसभापतिको मतगणना आज हुने भएको छ । त्यस्तै महामन्त्रीको सम्भवत विहिबार मत गणना हुने बताइएको छ ।

उपसभापतिमा संस्थापन पक्षबाट विजय गच्छादार, पूर्ण बहादुर खड्का उम्मेदवार रहेका छन् भने शेखर कोइरालाको पक्षबाट चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् । त्यस्तै महेश आचार्य र दिव्यश्वरी शाहले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै प्रकाशमान सिंहबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *