विराटनगर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश १ को निर्वाचन करिब सात घण्टापछि सुरु भएको छ।
शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका भए पनि मतपत्रमा तीनजना उमेदवारको नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको थियो।
उमेदवारहरू श्याम खड्की‚ शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेपछि मतदानमा ढिलाइ भएको हो।
नेताहरूले नाम छुटेका तीनैजनालाई सर्वसम्मत गर्ने सहमति भएको निर्वाचन अधिकृत भरत थापाले बताए। सभापतिसहितका पदाधिकारी चयन गर्न १ हजार ७ सय मतदाताले मतदान गर्नेछन्।




