शिक्षा / स्वास्थ्य

८ लाखले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ९२१ र एन्टिजेन विधिबाट २ हजार ७७६ जनामा परिक्षण गर्दा ३८५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १९ हजार ३८६ र एन्टिजेनबाट ९५ हजार ३३२ जना पुगेको छ ।

यस्तै, आज थप २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २६८ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५०० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *