समाचार

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौं । स्टकल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।

जलवायु परिवर्तनका बारेमा छलफल हुने राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्टकल्याण्ड पुगेका प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षसँग भेटवार्ता गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशको सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो । आजै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *